नेपाललाई दक्षिण कोरियाले दियो १७ हजार ७ सय ७० थान पिसिआर किट

प्रकाशित मिति:

काठमाडौं- दक्षिण कोरियाले नेपाललाई १७ हजार ७ सय ७० थान पीसिआर किट प्रदान गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार नेपालस्थित दक्षिण कोरियाली राजदुत पार्क चोङ(सुकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरे।

दक्षिण कोरियाले नेपाललाई ३ सय ७८ थान अक्सिजन कन्सेनट्रेटर पनि प्रदान गर्दै छ। उक्त मेडिकल सामग्री आगामी महिना आईपुग्ने छ। कोरोना महामारीको दोस्रो लहरविरुद्ध नेपाल जुधिरहेका बेला विभिन्न देशले मेडिकल सामग्रीहरु पठाइरहेका छन्।