एक थान मन्त्रीका लागि बस्न उचित ठानिनँ : हृदयेश त्रिपाठी

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीको पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन हृदयेश त्रिपाठीले अस्वीकार गरेका छन् । उनले आफूभन्दा जुनियरहरूलाई उपप्रधानमन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरेका हुन् । त्रिपाठी यसअघि स्वास्थ्यमन्त्री रहेका थिए । उनलाई मन्त्रीमा दोहोर्याउने ओलीको इच्छा भएपनि उपप्रधानमन्त्रीमा राजनीतिक रुपमा आफूभन्दा जुनियर राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई वरियता क्रममा माथि राखिएकाले आफुले मन्त्री पद अस्वीकार गरेको बताए ।

‘जुनियरहरू वरियताक्रममा माथि हुने भएपछि एक थान मन्त्री हुनलाई बसिराख्न मैले औचित्य ठानिनँ,’ त्रिपाठीले रातोपाटीलाई बताए । उनले पुनर्गठित मन्त्रिपरिषदलाई हार्दिक शुभकामना रहेको बताए । ‘पुनर्गठित मन्त्रिपरिषदलाई मेरो हार्दिक शुभकामना । उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, त्रिपाठीले शुभकामना दिए । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका १० सहित एमालेका नयाँ २ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका थिए ।