वीपी स्टडि युथ सर्कल द्वारा लकडाउन भर नि:शुल्क खाना

प्रकाशित मिति:

काठमाडौ,-” सेवा नै धर्म” भन्दै वीपी स्टडि युथ सर्कलले निषेधाज्ञाको कारण समस्यामा परेका गरिब, दुखी, अशाय, पिछडिएका वर्ग तथा सरकारको नजरमा नपरेका व्यक्तिहरुलाइ शुक्रबारदेखि काठमाडौं नयाबसपार्क लगायत माछापोखरिमा निशुल्क रुपमा खान बितरण सुरु गरेको छ।

वीपी स्टडि युथ सर्कल बागमति प्रदेस अध्यक्ष सुमन गिरि र नुवाकोट अध्यक्ष सुबास पुरिको बिशेश पहलमा आज बाट नेपाली कंग्रेसका प्रभावशाली युवा नेता तथा वीपी स्टडि युथ सर्कलका संस्थापक भुपेन्द्र जंग शाही वीपी युथ सर्कल केन्द्रीय अध्यक्ष इ।ऋषि कोइरला लगायतले यो अभियान सुरु गरेका छन।

निशुल्क खाना बितरण निषेधाज्ञा अबधिभर जारि रहनेछ आयोजक स्रोतले जानाकारी दिएको छ।