अमेरिकामा सम्बन्ध विच्छेदको माग गरे पछि पत्नीको हत्या गर्नेलाई ३० बर्षको कैद सजाय

प्रकाशित मिति:

अमेरिकामा सम्बन्ध विच्छेदको माग गरे पछि पत्नीको हत्या गर्ने पतिलाई ३० बर्षको कैद सजाय सुनाइएको छ । संघीय वकिलहरूका अनुसार अलास्काको क्रूज९पानी जहाज०मा पतिले हत्या गरेका थिए । अमेरिकाको युट़ा राज्यका उक्त व्यक्तिले सन् २०१७ मा आफ्नी पतिलाई सांघातिक हमला गरि मारेका थिए । उनलाई जुन ३ बिहिबारको दिन ३० बर्ष कैद र त्यस पछि ५ बर्ष सम्म सुपरिवेक्षण रहने अदालतले जनाएको छ ।

४३ बर्षिय केनेंथ म्यानजानयेर्स सन् २०२० को फेब्रुअरीमा दोश्रो श्रेणीको हत्याको अभियोगमा दोषी ठहर गरिएको थियो । उनले आफ्नी पत्नी क्रिस्टी म्यानजानयेर्सलाई जहाज भित्रै हत्या गरेका थिए ।उक्त यात्रामा उनका दुई छोरीहरूलाई कोठा छोड्न भनेका थिए । केही समय पछि उक्त कोठाबाट चिच्याएको आवाज आएको थियो भनि सिएनएनले समाचार प्रकाशित गरको छ ।