श्रीमान्, श्रीमती मन्त्री

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्ने क्रममा शुक्रबार एमाले नेता शेरबहादुर तामाङलाई पनि मन्त्री नियुक्त गरेका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्री तामाङले संघीय सरकारको मन्त्रीको जिम्मेवारी पाएका छन् भने उनकी श्रीमती उशा कला राई प्रदेश नं। १ को सामाजिक विकास मन्त्री छन् । गत चैतमा उनले प्रदेश सरकारमा मन्त्रीको सपथ लिएकी थिइन् । त्यसो त शुक्रबार उपप्रधानसहित परराष्ट्रमन्त्रीमा नियुक्त भएका रघुवीर महासेठका पतिपत्नी पनि संघीय सरकारमा पालैपालो नियुक्त हुने अवसर पाएका छन् । २०७४ चैतमा महासेठ भौतिक पूर्वाधार मन्त्री बनेका थिए ।

थप समाचार