अमेरीकाको डिसीमा एसियाली मूलका व्यापारीलाई घृणा अपराध अन्तर्गत उत्तेजित हमला गर्ने संदिग्ध पक्राउ

प्रकाशित मिति:

अमेरीका डिसीमा एसियाली मूलका व्यापारीलाई घृणा अपराध अन्तर्गत उत्तेजित हमला गर्ने संदिग्धलाई पक्राउ गरिएको छ । व्यवसायका मालिकलाई आक्रमण गरेको कारण संदिग्धलाई पक्राउ गर्न सफल भएको डिसी प्रहरीले जनाएको छ ।

यसै सिलसिलामा मेरिल्याण्ड ककीभिलका ३० बर्षिय स्यामुअल डेल्विन थोमस पारौ गरिएको छ । उनलाई गत बिहिबार जुन ३ का दिन पक्राउ गरिएको हो ।अमेरिका एसियाली विरुद्ध बढ्दो आक्रमण बढी रहेको समयमा उनलाई आक्रमणको आरोप लगाइएको छ । महानगरीय प्रहरी विभागले अपराधको अनुसन्धान गरिरहेको जनाएको छ भने सम्भावित रूपमा पूर्ण वा आंशिक रूपमा घृणा वा पक्षपातद्वारा प्रेरित गरिएको छ,” प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

डिसी स्थित युनियन बजार भित्र रहेको म्याक्स ट्रेडिंग कर्पोरेसनको एक गर गहना पसलमा दोकानदारलाई गाली गर्दै अनुहारमा मुडकी हानेका थिए । उनि र दोकानदार अर्थात् स्वयम् व्यापारी संग बहस हुदा हात हालेका थिए भनि डब्लुटिओपि डटकमले आफ्नो समाचारमा उल्लेख गरेको छ । आक्रमण गरिएको श्रब्य दृश्य कब्जा गरिएको थियो। @ enepalese.com