फण्ड संकलन गर्न महावीर पुन अमेरिकाको कोलोराडोमा

प्रकाशित मिति:

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन अमेरिकाको यात्रामा छन्। यहि क्रममा बुधबार अमेरिकाको कोलोराडोमा राष्ट्रिय आविष्कार केन्द्रका लागी फण्ड संकलन कार्यक्रम हुने भएको छ। स्थानीय युवाहरुको कोलोराडो युथ सोसाईटीले मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेको हो। विप्लप गौली, दिनेश पन्त र रक्की माउन्टेन्ट फ्रेन्ड अफ नेपालका अध्यक्ष टीका पौडेलको संयुक्त पहलमा यो डिनर साँझ आयोजना गरिएको हो। कार्यक्रमबाट उठेको रकम नेपालमा कोभिड बिरुद्ध आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न उपयोग हुने आयोजकहरुले बताएका छन्।

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन अमेरिकाका अरु स्टेटहरुमा पनि पुग्ने कार्यक्रम रहेको छ। अहिलेसम्म झन्डै एक सय जनाले कार्यक्रममा उपस्थित हुने प्रतिबद्दता जनाईसकेको आयोजकले बताएका छन्। कार्यक्रममा सहभागी भएर नेपालको पवित्र काममा सहयोग गर्न आयोजक मध्येका एक एनआरएनए अमेरिका कोलोराडो च्याप्टरका नव निर्वाचित अध्यक्ष रामचन्द्र पन्तले अनुरोध गरेका छन्। @nepalesediaspora.com