ओलीलाई भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भन्ने समाचार झुट : श्रेष्ठ

प्रकाशित मिति:

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भन्ने समाचार झुट भएको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् ओली नेतृत्वमा भैरहेको प्रतिगमन,निरङ्कुशता,राष्ट्रघात र कम्युनिष्टघात बिरुध्द एक हुन आग्रहसमेत गरेका छन् ।

‘रिपोर्टर्स नेपाल अनलाइनले मैले प्रम ओलीलाई बालुवाटारमा भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भनी प्रसारित गरेको समाचर शतप्रतिशत झुठ, कपोकल्पित र षडयन्त्रमुलक भएकोले त्यसको तीब्र भर्त्सना गर्दछु। ओली नेतृत्वमा भैरहेको प्रतिगमन,निरङ्कुशता,राष्ट्रघात र कम्युनिष्टघात बिरुध्द एक होऔं।’ श्रेष्ठले फेसबुकमार्फत् भनेका छन् ।