महन्थ पक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भयो : पोखरेल

प्रकाशित मिति:

बुटवल । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका छन् । पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका हुन् ।

उनले अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न समेत आग्रह गरेका छन् । ‘जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको छ । अब सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्तगर्ने अभियानमा जुटौं।’, उनले लेखेका छन् ।