रुपन्देहीमा पछिल्लो २४ घण्टामा थपिए ७८ संक्रमित, २३२ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २४८ जनाको कोरोना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा १४ जना, तिलोत्तमा नगरपालिकामा १९ जना, सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा र कञ्चन गाउँपालिकामा ६/६ जना, ओमसतिया गाउँपालिकामा ४ जना, सियारी गाउँपालिकामा ३ जना, मायादेवी गाउँपालिकामा २ जना, कोटहिमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ३४ पुगेको छ । हाल जिल्लामा १ हजार ४१७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार १७० पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४४७ पुगेको छ ।