पत्रकार पक्राउ प्रकरण : बेलारुसलाई ईयूको कारवाही, एयरस्पेसमा जहाज प्रवेश गर्न नदिन सदस्य राष्ट्रहरुलाई निर्देशन

प्रकाशित मिति:

मिन्स्क- युरोपियन युनियन ईयूले बेलारुसबाट आउने सबै जहाजहरूलाई आफ्नो एयरस्पेसमा प्रवेश गर्न वा एयरपोर्टसम्म पुग्न प्रतिबन्ध लगाएको छ। यसबाहेक एयरलाइन्सलाई पनि बेलारुसको एयरस्पेसमा प्रवेश नगर्न पनि सल्लाह दिइएको छ। ईयूका सदस्य राष्ट्रहरु गत महिना बेलारुसको राजधानी मिन्स्कमा एक यात्रीलाई जबरजस्ती अवतरण गराएको र बोर्डको एक पत्रकारको गिरफ्तारीबाट क्रोधित छन्। त्यसैले ईयूले उक्त आदेश दिएको हो। यद्यपि, केही एयरलाइन्सले ईयूको निर्णयलाई हवाई यात्राको राजनीतिकरण भन्दै आलोचना गरिरहेका छन्।

घटना के हो-बेलारुसका सरकार विरोधी पत्रकार तथा कार्यकर्ता रोमन प्रोटेसेभिक र उनकी रूसी प्रेमिका सोफिया मेलाई ग्रीसबाट लिथुआनिया उड्नै लाग्दा पक्राउ गरिएको थियो। पहिले बम फेला परेको भन्ने दावी गर्दै जहाजलाई फर्काइएको थियो। तर, मिन्स्कमा अवतरण गरिसकेपछि २६ वर्षीय प्रोटेसेभिक र उनकी प्रेमिकालाई पक्राउ गरिएको थियो।@nepallive