गण्डकी प्रदेशमा थप १५ को मृत्यु, ५६६ मा संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौं- पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ।प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार विभिन्न अस्पतालमा उपचाररत १५ जनाको मृत्यु भएको हो।उनका अनुसार कास्कीमा ७, बागलुङ १ तनहुँ १,लमजुङ ३,पर्वत १ म्याग्दी १ र गोरखामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

शर्माका अनुसार कास्कीमा ८५, म्याग्दी ३१, स्याङ्जा ३४, बाग्लुङ १२४, पर्वत १९, तनहुँ ३०, गोरखा ७२, लमजुङ ५० र नवलपुर १२१ जनामा कोरोना पुष्टि भएको हो।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ९८७ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ५२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७७३ पुगेको छ।