काठमाडौमा महतोको पुतला दहन

प्रकाशित मिति:

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको पुतला दहन गरिएको छ । उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै पुतला जलाइएको हो ।

शनिबार नयाँ बानेश्वरमा नेकपा (एमाले) खनाल–नेपाल समूहनिकट युवा र विद्यार्थीले पुतला दहन गरेका हुन् । त्यसक्रममा केहीलाई प्रहरीले पक्रेको थियो । प्रदर्शनकारीले महतो र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए ।