आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने दुई शिक्षक पक्राउ

प्रकाशित मिति:

सञ्जीब दुलाल भक्तपुर । आफ्नै विद्यार्थीमाथी यौन दुराचार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । एक १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको अभियोगमा भक्तपुरमा दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्डो प्रशिक्षक चुलाई मुखिया रहेका छन् । प्रहरीका अनुसार शिक्षक कोजुले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई ती १३ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । भक्तपुर सृजनानगर बस्ने तेक्वान्डो प्रशिक्षक मुखियालले गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा तेक्वान्डो प्रशिक्षण दिने क्रममा यौन दुव्र्यवहार गरेका थिए ।

महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार पिडित बालिकाकी आमाले बुधवार दिएको उजुरीका आधारमा कोजु र मुखियालाई पक्राउ गरिएको हो । पिडित बालिकाले आमालाई भनेपछि घटना सार्वजनिक भएको हो । मुखियाले राम्रोसँग खेल सिकाईदिन्छु भनी सल्लाघारीमा बोलाई एकान्तस्थानमा लगेर यौन दुव्र्यवहार गरेको बताईएको छ । पक्राउ परेका कोजु र मुखियामाथि छुट्टाछुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान समेत भई रहेको प्रहरीले जानकारी दिएको छ ।@rajdhanidaily.com