ओलीबाट एकपछि अर्को राष्ट्रघाती र जनघाती काम भयोः विपक्षी गठबन्धन

प्रकाशित मिति:

एमालेको माधव कुमार नेपालसहितको विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को राष्ट्रघाती र जनघाती काम गरेको आरोप लगाएको छ । गठबन्धनको तर्फबाट माधव कुमार नेपाल, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव,जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले शनिबार जारी गरेको संयुक्त वक्तव्यमा प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला मन्त्रिपरिषद् पुनर्गठन गरेर संवैधानिक र लोकतान्त्रिक मूल्यमान्यताको उपहास गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सो कार्यको निन्दा गर्दै चुरेको ढुंगा, गिट्टी बालुवा निकासी गर्ने बजेटमा व्यवस्था गरिएको प्रति पनि कडा आलोचना गरिएको छ ।