आइसिसी टि–२० विश्वकप भारतमा नहुने, युएई र ओमनमा हुने सम्भावना

प्रकाशित मिति:

अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म भारतमा हुने तय भएको आइसिसी टि–२० पुरुष विश्वकप भारतमा नहुने भएको छ ।कोरोना महामारीका कारण विश्वकप भारतमा आयोजना गर्न सम्भवना न्यून बनेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० ले आयोजनाका लागि ओमन क्रिकेट बोर्डसँग छलफल सुरु गरेका छन् ।विश्वकप युएईका तीन सहर अबुधाबी, सारजहा, दुबईका साथै चौथो सहरका रुपमा ओमनको मस्कटमा गर्ने तयारीमा बिसिसीआई र आइसिसी जुटेका हुन् ।बिसिसीआईले विश्वकप आयोजनाबारे निर्णय लिन आइसिसीसँग एक महिनाको समय मागेको थियो ।बिसिसीआईले बढ्दै गएको कोरोना संक्रमणका कारण विश्वकप भारतमै गर्ने सम्भवना नदेखेपछि आफूमै आयोजना अधिकार रहने गरी युएई र ओमनमा खेल गराउने तयारी गरेको हो ।सुरुवाती खेल ओमनको मस्कटमा हुने सम्भावनाबिसिसीआई यही समयमा इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी खेल युएईमा गर्ने तयारीमा छ । उसले विश्वकपको सुरुवाती खेल मस्कटको अल इमरात क्रिकेट मैदानमा गर्ने प्रस्ताव गरेको छ ।

नोभेम्बरको पहिलो साता युएईबाट हुन सक्छ

यदि आइपिएलका बाँकी खेल अक्टोबर १० सम्ममा सम्पन्न भएको खण्डमा युएईका तीनै क्रिकेट मैदान नोभेम्बरको पहिलो साताबाट विश्वकप आयोजना गर्न योग्य हुनेछन् ।बिसिसिआई आइपिएलका प्ले अफ र फाइनल खेल एकै मैदानमा गर्ने तयारीमा छ, ताकि बाँकी दुई मैदान र ओमनको मस्कटमा सुरुवाती चरणका खेल सञ्चालन गर्न सकियोस् ।ओमन क्रिकेट बोर्ड तयारओमन क्रिकेट बोर्डका सचिव मधु जेसरानीले आफूलाई आइसिसीले सम्पर्क गरेको र क्रिकेट संघका अध्यक्ष पंकज खिमजीले पनि बिसिसीआईसँग छलफल गरिरहेको बताए ।‘बिसिसीआईसँग भर्खरै मात्र छलफल सुरु भएको छ । आइसिसीले आयोजना गर्न चाहेको मैदानबारे केही सोधेको थियो र हामीले सम्पूर्ण विवरण बुझाइसकेका छौँ । हामी यसका लागि तयार छौँ,’ जेसरानीले भने ।