वर्सेष्टरले मुक्त गर्यो सन्दीपपलाई , भिसामा ढिलाइले सन्दीप बेलायत पुग्न सकेन,

प्रकाशित मिति:

काठमाडौं, जेठ  गते । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इंग्लीश काउन्टि क्रिकेट टोलि वर्सेष्टरले मुक्त गरेको छ । सन्दीप लामिछानेलाई गत् मार्च २५ मा इंग्ल्याण्डको काउन्टि क्रिकेट क्लब वर्सेष्टरले अनुबन्धन गरेको थियो । इंग्लीश काउन्टिमा सन्दीपको नेपाली क्रिकेटरको रुपमा यो पहिलो प्रतिनिधित्व हुने थियो । सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू समयमै इंग्ल्याण्ड पुग्न नसक्दा वर्सेष्टरले मुक्त गरेको बताउनुभएको छ । सन्दीपले २७ मईमा इंग्ल्याण्डका लागि प्रस्थान गरिसक्नुपर्ने थियो । गत् मई २६ मा सन्दीपले ट्वीटर मार्फत् आफ्नो भिसा जारी हुन ढिलाइ भइरहेको जनाउँदै सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

दश दिनको क्वारेन्टिनपछि इंग्ल्याण्डमा उहाँले थप पाँच दिन क्वारेन्टिनमा बस्ने तालिका बमोजिम २७ मईमा नेपालबाट प्रस्थान गर्नुपर्ने थियो ।
सन्दीपले भन्नुभएको छ, “मैले एक साता अघि नै सहयोगका लागि आग्रह गर्दागर्दै कुनै निकायबाट कुनै पनि चासो नलिएकोमा दुःख लागेको छ ।” उहाँले यसअघि पनि प्रवेशाज्ञाको मुद्दामा आफूले बिगत्मा अमेरिकी दूताबासमा समस्याको सामना गर्नुपरेको खुलाउनुभएको छ । नेपाली खेलाडी राम्रो गर्दा मात्रै सबैले प्रशंसा गर्ने तर समस्यामा पर्दा कसैले कुनै चासो नलिदा विश्वको उत्कृष्ट मञ्चहरुमा नेपाली खेलाडीले अगामी दिनमा अबसर पाउन कठीन हुने उहाँले बताउनुभएको छ ।

इंग्ल्याण्डको काउन्टी क्रिकेट टी ट्वान्टी भाइटलिटी ब्लास्ट आगामी जुन ९ देखि सुरु हुँदैछ । सन्दीप आबद्ध वर्सेष्टरले आफ्नो पहिलो खेलमा नटिट्घंमशायरको सामना गर्नेछ । उक्त खेल ९ जुनमै वर्सेष्टरमा खेलाइनेछ ।उहाँले भारतमा रहेको राहदानी र जारी भएको प्रवेशाज्ञा९भिसा० शुक्रबार मात्रै प्राप्त गरेको खुलाउनुभयो । तर भिसा प्राप्त गर्दा प्रस्थान गर्न धेरै ढिला भइसकेको उहाँले बताउनुभएको छ । पाकिस्तान सुपर लिगमा लाहौर कलन्दर्सको प्रतिनिधित्व गर्नुभएका सन्दीपले वर्सेष्टरका रिक्की वेसेल्ससँगै खेल्नुभएको थियो ।

उहाँले तीन दिन अघि मात्रै नेपालबाट प्रस्थान गरेको भएपनि भाइटलिटी ब्लास्ट खेल्न पुग्न सकिन्थ्यो जानकारी दिनुभयो । “हिजो भारतबाट आएको राहदानी र प्रबेशाज्ञा पाउँदा धेरै पहिले प्रबेशाज्ञा जारी भएको र नेपाल आउन मात्रै ढिला भएको थाहा पाएँ, तर कागजात हातमा नआउँदै वर्सेष्टरले अनुबन्धन रद्द गरेको खबर पाएँ, निकै नै दुःख लागेको छ ।”– उहाँले फेसबुक लाइभमा थप्नुभयो ।@gorkhapatraonline.com