सोलार लिफ्टबाट ४० हेक्टर जमिनमा सिँचाइ

प्रकाशित मिति:

लक्ष्मी ऐर- डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका २ मा सोलार सिँचाइबाट तरकारी खेती गरिएको छ । सोलार लिफ्ट सिँचाइ योजनाबाट किसानलाई खेतीपातीका लागी निकै सहज भएको छ ।अमरगढी नगरपालिका २ को सोल्परी, कुस्माली र मौरडा गाउँमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण गरिएका छन् । गाउँभन्दा तल बग्ने खोलाबाट पानी लिफ्ट गरिएपछि करिब ८० बढी घरधुरीलाई सिँचाइ गर्न सहज भएको हो ।

तिन वटै गाउँमा सोलार लिफ्ट प्रविधिबाट सिँचाइ योजना निर्माण भएपछि करिब ४० हेक्टर जमिनमा सिँचाइ गर्न सहज भएको छ । सोलार लिफ्ट प्रविधि बाट गाउँमा बनाइएका पोखरीमा पानी जम्मा गरेर सिँचाइ गर्न थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना डडेलधुरा र अमरगढी नगर पालिकाको आर्थिक सहयोगमा करिब ५० लाख रुपैयाँको लागतमा तिन वटै गाउँमा तिन वटा सोलार लिफ्ट सिँचाइ योजना निर्माण गरिएका हुन ।@radinepal