उपमेयरमा ९९ मत, पाएकी रेणुका गुरुङ मन्त्री

प्रकाशित मिति:

काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा उपमेयरमा पराजित भएकी रेणुका गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छन् । उपमेयरमा उनलाई नेकपा एमालेकी ज्ञानमाया डंगोलसँग भएको प्रतिष्पर्धामा गुरुङले जम्मा ९९ मत प्राप्त गरेकी थिइन् । मधेसी जनअधिकार फोरमबाट उनी निर्वाचनमा होमिएकी थिइन् । उनै गुरुङलाई शुक्रबार प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनाएका हुन् । त्यो पनि जनता समाजवादी पार्टी महन्थ ठाकुर र राजेन्द्र महतो समूहबाट

गुरुङलाई उपेन्द्र यादव नेतृत्वको पार्टीले सांसद बनाएको थियो । तर उनले अहिले पछिल्लो समय गुट परिवर्तन गरेर मन्त्री बनेकी हुन् ।यसलाई टोखाकी उपमेयर डंगोलले ‘मतको अपमान’ भनेकी छन् । साना पार्टीले मान्छे नपाएर त्यसबेला उमेदवार बनाए,” उनले भनिन्, “९९ मतमात्र पाएपनि उनैलाई सांसद बनाए अहिले मन्त्री बनाएछन्,” उनले भनिन्, “नेता रिझाएर पद पाउने समय रहेछ । त्यसैले मलाई अनौठो लागेको पनि छैन ।” जनता समाजवादी पार्टीका एक सांसद भन्छन्, “उहाँलाई उपेन्द्र यादवले सांसद बनाउनुभएको हो । निर्वाचन आयोगमा बुझाएको सूचीमा उहाँको नाम अघि राख्ने विषयमा त्यसबेला पनि विवाद नभएको होइन तर उहाँले प्रभाव पार्न सफल हुनुभयो । पार्टीमा उहाँको कुनै योगदान छैन ।”@baahrakhari.com