अमेरिकाकी स्वास्थ्यकर्मीले कोरोना बिरुद्ध खोप लगाउदा १० लाख डलर पुरस्कार प्राप्त

प्रकाशित मिति:

अमेरिकाको कोलोराडो राज्यकी स्वास्थ्यकर्मीले कोरोना बिरुद्ध खोप लगाउदा १० लाख डलर पुरस्कार जितेकी छिन । अमेरिकाका विभिन्न राज्यहरुमा खोप लगाई सकेकाहरुलाई प्रोत्साहन र नलगाएकाहरुलाई हौशला प्रदान गर्न राज्यमा संचालित रहेका चिट्ठाको माध्यमबाट धमाधम बिजेताहरुलाई पुरस्कार निरन्तरता दिई रहेका छन् । यो क्रम अन्य राज्यहरुले पनि संचालन गर्ने भएका छन् । यस्तै प्रोत्साहन स्वरुप कोलोराडो राज्यकी वेल्ड काउन्टीकी स्वास्थ्यकर्मीले १ मिलियन डलर अर्थात् १० लाख डलरको चिट्ठा पुरस्कार जितेकी छिन ।

गत जुन ४ का दिन कोलोराडो राज्यको डेनभरमा उनले जितेको घोषणा गरिएको थियो । साथै स्वास्थ्य बिभागले खोप लगाउन छुटेकालाई कोभिड-१९ बिरुद्धको खोप लगाउन आग्रह समेत गरेका छन् ।स्याली स्लिगर नामकी स्वास्थ्यकर्मीले गत अप्रिल महिनामा खोप लगाएकी थिइन् । उक्त चिट्ठा प्राप्त गरे पछि उनका पति र उनले सल्लाह गरि आफ्नो छोराको बिधार्थी ऋण र घर सम्बन्धी परियोजना खर्च गर्ने बताएका छन । कोलोराडो राज्यले अर्को छर हप्ता सम्म अन्य ४ चिट्ठा खोल्नेछ । यसै गरि १२ देखि १७ बर्षका बालबालिकाहरुको लागि पनि छुटै चिट्ठा खोल्ने छ । जस मध्ये २५ जना को नाम छनौट गरि ५० हजार डलर सम्मको महाविद्यालयको छात्रवृति सम्म प्रदान गर्ने जनाएको छ । आगामी आइतबार सम्म प्रथम खोप लगाउनेले समेत अर्को चिट्ठाको भाग्यशाली बन्न सक्ने छन् भनि डेनभर पोष्ट डटकमले समाचार लेखेको छ ।