चौतर्फी आलोचना पछी मध्यरातमा महतोले गरे आफ्नो बचाउ

प्रकाशित मिति:

काठमाडौं। राष्ट्रघात हुने गरी विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको व्यापक आलोचना भएपछि शनिवार मध्यरातमा विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका छन्। विवादास्पद अभिव्यक्तिले आलोचित भएका महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको जनाएका छन्।

शुक्रवार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएका थिए। त्यसको आलोचना भइरहेकै बेला शनिवार फेरी अर्को कार्यक्रममा त्यही अभिव्यक्ति दोहोर्याएपछी उनी विरुद्ध आक्रोश पोख्दै युवाहरू सडकमा उत्रिएका थिए। उनले विज्ञप्ति मार्फत आफू संविधानप्रति प्रतिबद्ध रहेको र त्यसको मर्म अनुरुप राष्ट्रिय एकता एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनी स्पष्ट पारेका हुन् ।