जनकल्याण साकोसद्रारा चिसापानी आइसोलेसनमा सहयोग

प्रकाशित मिति:

 जेठ २३ गते – नवलपरासी । जनकल्याण बचत तथा ॠण सहकारी सास्था बर्दघाट ०९ भुताहाले बर्दघाट नगरपालिकाले संचालन गरेको चिसापानी आइसोलेसनमा सहयोग गरेको छ । सस्थाका अध्यक्ष डिक बहादुर पाण्डेको नेतृत्वमा चिसापानीको आईसोलेसनमा रहेका कोभिड संक्रमित विरामीहरुका लागि प्रयोग हुने २० वटा अक्सिजन सिलिन्डरको रिफिल गरि हस्तान्त्रण गरेको छ । अक्सिजन सिलिन्डर रिफिल गरि सास्थाका अध्यक्ष डिक बहादुर पाण्डेले चिसापानी आइसोलेसन संचालनमा खटिनु भएका बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेलाई हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा जनकल्याण साकोसका संचालक समिती सदस्य बालिन्द्र बिक्रम शाही, प्रकाश न्यौपाने र व्यवस्थापक यमलाल खरेल त्यस्तै गरि पन्चनगर बजार बिकास समितीका अध्यक्ष रामजी चापागाईं, बर्दघाट बजार बिकास समितीका अध्यक्ष तारा गौतम, ज्यामिरेभार बजार बिकास समितीका अध्यक्ष चिरिञ्जिबी सुबेदी आइसोलेसनमा खटिनु भएका स्वास्थकार्मी लगायतको उपस्थिति रहेको छ