प्रधानमन्त्रीका वकिललाई मानहानिको मुद्दा चलाउने प्रधानन्यायाधीशको चेतावनी

प्रकाशित मिति:

काठमाडौं, जेठ २३ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी ओलीका वकिललाई मानहानिको मुद्दा चलाउने चेतावनी दिएका छन्। ओली पक्षका वकिल राजाराम घिमिरेले संवैधानिक इजलासमा न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएको निवेदन प्रधानन्यायाधीश जबराफिर्ता लिन आग्रह गरे । उनले आफ्नो आग्रहलाई अस्वीकार गरे मानहानिको मुद्दा चलाउने बताएका हुन् ।

प्रधानन्यायाधीश जबराले अहिले दिइएको निवेदनअनुसार मुद्दा हेर्न सक्ने अवस्था नभएकाृ भन्दे त्यसलाई फिर्ता लिन अनुरोध गरेका हुन्। उनले सबैलाई संयमित हुन र इजलासको मर्यादा कायम राख्न पनि आग्रह गरे। इजलासमा घिमिरेसहित यज्ञमणि न्यौपाने र दीपक मिश्रले पूरक निवेदन लगेका हुन् । प्रधानन्यायाधीश जबरालाई जबाफदिने क्रममा न्यौपानेले ज्ञानेन्द्रबहादुर कार्कीसहितले महाअभियोग प्रस्ताव दर्ता गरेको विषय भएकाले आनन्दमोहन भट्टराईको हकमा उनले हेर्न नमिल्ने जिकिर गरे। राजारामले भने निवेदन दर्ता नै हुनुपर्नेमा अडान लिए।

अहिले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाइ हुनेगरी इजलास स्थगित गरिएको थियो।