विपन्न परिवारलाई लायन्स क्लब अफ व्यास सिटिको खाद्यान्न सहयोग हालसम्म ८० घरपरिवारलाई सहयोग-अध्यक्ष मल्ल

प्रकाशित मिति:
कोभिड-१९ ले गर्दा सबैभन्दा मारमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्न परिवारमा परेको छ।तनहुँको सदरमुकाम दमौली वरपर अर्थात व्यास नगरपालिका भित्र लायन्स क्लब अफ तनहूँ व्यास सिटीले फूड बैक अभियान चलाएर बिहानबेलुका चुलो बल्न गाह्रो भएको घरपरिवारलाइ खाद्यान्न सहयोग दिने अभियान जारी राखेको छ।
सो अभियान अन्तर्गत शनिबार व्यास वडा न.१२ पालिङ्गमा ८ घरपरिवार र कमलबारीमा २ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ। क्लबका अध्यक्ष कुमार मल्ल, प्रथम उपाध्यक्ष प्रदीप मल्ल, सह सचीव शान्ता बास्तोला सक्रिय सदस्यहरु ब्रजेश शाह र मोहम्मद अलिको उपस्थितिमा खाद्यान्न सहयोग गरेको हो।
हालसम्म व्यास नगरपालिकाको विभिन्न वडामा ८० घरपरिवारलाई सहयोग गरिसकेको अध्यक्ष मल्लले जानकारी दिए। हामी विपन्न परिवारको घरमा चुलो बाल्नको लागि यो निषेधाज्ञामा फुड बैक मार्फत सहयोग गरेका छौं।उनले भने-`सबै सहयोगी दातालाई सहयोग लागि धन्यवाद दिदै यो विषम परिस्थितिमा सबैले आआफ्नो ठाउबाट सकेको सहयोग गर्नुपर्ने बताए। यो अभियान निषेधाज्ञा अवधिभर निरन्तर रहने अध्यक्ष मल्लले जानकारी दिए।