सेयर बजारमा नयां किर्तिमान , १७ अर्ब २ करोड ८४ लाख बढीको कारोबार

प्रकाशित मिति:

बुटवल । सेयर बजारमा आज नेप्से परिसूचक र कारोबार रकममा नयाँ कीर्तिमान बनेको छ । आज नेप्से परिसूचक ५० : १४ अंकले बढेर २९०६ : ९१ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत जेठ २० गते नेप्से हासम्म सर्वाधिक २८५६ : ७७ को विन्दुमा पुगेको थियो।

आज बजारमा हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड पनि बनेको छ। यो दिन १७ अर्ब करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यसअघि गत जेठ १६ गते १७ अर्ब २ करोड ८४ लाख बढीको कारोबार भयो। त्यसलाई आजको कारोबारले उछिनेर नयाँ कीर्तिमान बनाएको छ। बजारका जानकारहरुले दैनिक सेयर कारोबार २० अर्ब पुग्छ भनिरहेको बेला दैनिक रुपमा बढिरहेको कारोबारको आकारले त्यो दिन धेरै टाढा छैन भन्ने कुरा बुझ्न सकिन्छ।

यो दिन बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड बनेको छ। बैंकिङ प्रणालीमा तरलता थुप्रिदै जाँदा, लगातारको निषेधाज्ञाका कारण अन्य क्षेत्रको लगानीसमेत बजारमा आउँदा र बैंक ब्याजदरसमेत घटिरहेका कारण यसले बजारमा दैनिकजसो नयाँ–नयाँ कीर्तिमान बनाउन सहयोग पुगेको हो।