काठमाडौँ — सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार थापालाई प्रदेश सभा बैठकमा नियमित भाग लिन, सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा बञ्चित नगर्न अन्तरिम आदेश दिएको हो ।पार्टीको ह्वीप नमानेको भन्दै थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको थियो ।
त्यसपछि उनी सर्वोच्च गएका थिए । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बागलुङ १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।