बुटवलमा क्रियाशील प्रतिपक्षमा रहेका राजनैतिक दलहरुको संयुक्त विज्ञप्ती

प्रकाशित मिति:

प्रेस विज्ञप्ती

कोरानाको महामारीका कारण अहिलेको जनजिवन चिन्ताग्रस्त छ । सबैतिर स्वास्थ्य तथा मानवीय संकट उत्पन्न भएको छ । कैयन व्यक्तिले आफ्नो जीवन गुमाउनु परेको छ भने कैयन् उपचारमा हुनुहुन्छ । यस्तो कहाली लाग्दो र विषम परिस्थितिमा लकडाउनका कारण शिक्षा, यातायात, उद्योग, व्यावसाय, कृषि लगायत सबैक्षेत्र अस्तव्यस्त छ । श्रम गरी खाने मजदुर वर्गलाई आफ्नो दैनिकी निर्वाह गर्न समस्या परिरहेको छ ।यो संकटको घडिमा वर्तमान सरकार कहीँकतै, कुनै कुरामा पनि जिम्मेवार भएको देखिदैन । समय–समयमा मन्त्रीमण्डल परिवर्तन गरिरहने र उनीहरुका गैर जिम्मेवार भनाईहरुले मुुलुकमा थप अन्यौलता उत्पन्न हुने गरेको छ । कोरानाका कारण एकातिर सिकिस्त विरामीका लागि अस्पतालमा वेड, अक्सीजन, आइसियू, भेन्टीलेटर, औषधी इत्यादिको अभाव छ भने अर्को तिर खोपको व्यवस्था नहुँदा सरकार भएको आभाष हुन सकेको छैन । तसर्थ

१)  भर्खरै नियूक्त केपी ओली सरकारका उप–प्रधानमन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिएर देशलाई विखण्डन गराउने विषय उठाएका छन् । हिजो सिंहदरवारमा बसेर चर्को कुरा गर्नेहरु र सिमा–नाकामा बसेर आन्दोलन गरी मुलुकलाई अप्ठेरो पार्नेहरु बीच गहिरो सम्बन्ध र तालमेल देखिएको छ । तसर्थ प्रधानमन्त्रीमा नैतिकता छ भने तत्काल यस्तो अभिव्यक्ति दिनेलाई सरकारबाट हटाउन जोडदार माग गर्दछौं ।

२)  कोरोना महामारीबाट सुरक्षित हुनको लागि खोप भरपर्दो उपाय हुन सक्दछ । तर खोप उपलब्ध गराउन भएको ढिलाई तथा अनियमितता प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । नागरीकहरुको स्वास्थ्यमा भएको खेलवाडलाई अविलम्ब बन्द गरी छिटो भन्दा छिटो आम नागरीकलाई सहज रुपमा खोप सुविधा उपलब्ध गराउन माग गर्दछौं । यस्तो चरम संकटको बेला भएको महंगी, कालो बजारी नियन्त्रण गर्न जोडदार माग गर्दछौं ।

३)   बुटवल उप–महानगरपालिका भित्र तिनाउ र दानव नदिमा नदिजन्य पदार्थः ढुङ्गा, गिट्टी, वालुवाको व्यापक दोहन भएको छ । यस महामारीलाई अवसरको रुपमा उपयोग गरी नदिजन्य पदार्थ दोहन गरिनु लज्जाको विषय हो । जनतालाई परेको पीर–मर्काको विषयलाई समाधान गर्नुको साटो मौका हेरेर तिनाउ र दानव नदि दोहनमा लाग्नु दुःखको विषय हो । तसर्थ यस्तो काम तत्काल बन्द गर्न बुटवल उप–महानगरपालिकासँग माग गर्दछौं । ४)  कोरोनाका कारण दिवाङ्गत हुनु भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै उपचारमा रहनुभएका सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।