आइतबार तीन हजार ४७९ जना संक्रमित थपिए, ६, ६३६ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल – पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज ६,६३६ जना संक्रमणमुक्त भएका छन् भने ९९ जनाको मृत्यु भएको छ ।