विप्लव नेतृत्वको नेकपाले बनायो बिरामी कुरुवा प्रतीक्षालय

प्रकाशित मिति:

जेठ १८ गते निर्माण सुरु गरिएको उक्त प्रतीक्षालय एकहप्ता अघि नै निर्माण सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गरिएको सो पार्टीले जनाइएको छ ।नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले प्रतीक्षालयको दुरुपयोग नगरी संरक्षणमा जोड दिन अपिल गरे । उनले कोभिडको विषम परिस्थितिमा प्रतिक्षालयले विरामी कुरुवाका लागि राहत प्रदान गर्ने बताए ।

कोरोना विशेष अस्पताल बेलझुन्डीका व्यवस्थापक दोर्ण वलीले प्रतिक्षालय निर्माण कार्यले पार्टी जनताप्रति उत्तरदायी भएको बताउँदै निर्धारित समयभन्दा पहिले नै निर्माण कार्य सम्पन्न गरेकोेमा धन्यवाद दिए । प्रतिक्षालय निर्माणमा नेकपाका नेता–कार्यकर्ताहरुले श्रमदान गरेका थिए ।