लुजियानाको न्यू ओर्लियन्स गोलीबारी हुँदा कम्तीमा ८ जना घाइते ,एक महिलाको अवस्था गम्भीर

प्रकाशित मिति:

अमेरिकाको लुजियाना राज्यको न्यू ओर्लियन्स शहरआ गोलीबारी हुँदा कम्तीमा ८ जना घाइते भएको प्रहरीले जनाएका छन् । उनीहरुले सामाजिक संजाल मार्फत उक्त घटनाको बारेमा संक्षिप्त जानकारी गराएका छन् ।बिस्तृत जानकारी आउँ बाकि छ भने उक्त गोलीकाण्डमा एक महिला गम्भीर घाइते भएको जनाएका छन ।उक्त घटना अमेरिकाको आइतबार बिहान न्यू ओर्लियन्समा भएको हो । घाइतेहरुलाई स्थानीय अस्पताल भर्ना गरिएको छ । महिलाको अनुहारमा गोली हानिएको प्रहरीले जनाएका छन् ।

अन्य सात जना पीडितहरूको स्थिर अवस्था रहेको छ भने उनीहरुलाई अस्पतालमा निजी सवारी साधनबाट लगिएको थियो ।प्रहरीले उक्त घटना जाँच भइरहेको प्रहरीले जनाएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

थप समाचार