मेरील्याण्डका एक व्यक्तिले महिलालाई आक्रमण र अपहरणको गरेको अभियोगमा १०७ बर्षको कैद

प्रकाशित मिति:

मेरील्याण्डका एक व्यक्तिले महिलालाई आक्रमण र अपहरणको गरेको अभियोगमा १०७ बर्षको कैद सजाय पाएका छन । मेरिल्याण्ड राज्यका ब्रान्डीवाइनका उक्त व्यक्तिलाई गत बिहिबार दोषी ठहर गर्दै १०० बर्ष भन्दा ज्यादाको सजाय सुनाइएको हो ।उनलाई चार्ल्स काउन्टीका न्यायिक समितिले उनलाई गृह आक्रमण, चोरी, अपहरण, हमला र अन्य सम्बन्धित आरोपहरुमा दोषी ठहर गरिएको हो ।मार्क क्रिस्टोफर ब्राउन नामक २८ बर्षिय उक्त व्यक्तिलाई डिसेम्बर ११ ,२०१९ को दिन पक्राउ गरिएको थियो ।चार्ल्स काउन्टीले एक जारी गरेको समाचार विज्ञप्ति उचेन्ना ओकेजी थर गरेकी महिला घर पुग्दा उक्त व्यक्ति त्यहाँ अगाडी नै आई पुगेका थिए । उक्त महिला ७:३० बजे घर पुगेकी थिइन् भने उक्त व्यक्तिले धेरै यातना दिएका थिए ।

विज्ञप्तिका अनुसार ब्राउनले उनको टाउको र शरीरमा धेरै पटक प्रहार गर्यो। उनले महिलालाई घिस्यायो, उनलाई बाँध्यो, र धेरै घण्टासम्म उनलाई त्यस तरिकाले भित्र राख्यो । उनलाई उनीसँग उनको सवारी साधन २०१० को टोयोटा क्याम्रीमा जान बाध्य गरेको थियो ।ब्राउन ओकेजीको छिमेकमा गयो र उनी ढोका खोलेर आफैंलाई भाग्न कोसिस गरिन । तर उनले महिलालाई पुन घरमा लगी फेरि बाँधेर राखेका थिए ।फेरी बाहिर गएर एटीएमबाट पैसा निकाल्न खोज्दै उनीहरू फेरि घर छाडेका थिए । ब्राउनले वालडोर्फ़को एउटा बैंकबाट ओकेजीको उधारो पत्र र नगद पत्र ९क्रेडिट र डेबिट कार्ड० प्रयोग गरेर १०० डलर प्राप्त गर्न सफल भएका थिए ।ब्राउनले अन्तत ओकेजिलाई बाधिएको अवस्थामा कारबाट धकेलेका थिए । प्रत्यक्षदर्शीले देखे पछि प्रहरीलाई खबर गरि दिएका थिए । ब्राउनले उनले फेरि एटीएमबाट पैसा निकाल्ने प्रयास गरे तर त्यहाँ पैसा नभएकोले ओकेजीको सवारी साधनबाट भागेका थिए ।

ब्राउनले पीडित महिलाको घरमा लगाएको जुत्ताहरू मिलेको कारण पक्रन सजिलो भएको थियो । माथि उल्लेख गरिएको आरोप बाहेक ब्राउनलाई झूटा कारागार, कार चोरी, उधारो पत्र (क्रेडिट कार्ड)चोरी, पहिचान चोरी र सम्पत्ति विनाशको दुई गणनामा दोषी ठहराइएको छ ।उनलाई आगामी अगस्त २६ का दिन सजाय सुनाईने छ भनि डब्लुटिओपी डटकमले उल्लेख गरेको छ ।