गोरखनाथ मन्दिरमा सवा लाख रोट अर्पण

प्रकाशित मिति:

गोरखा ­ यहाँस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो ।मन्दिरमा दैनिक रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि यसलाई महोत्सवकै रुपमा समेत अगाडि बढाइँदै आएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिएका छन् ।

गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता छ । भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने जनाइएको छ । तत्कालीन नेपाल एकीकरणका समयमा सैनिकलाई प्रसादका रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलागेको तथा लामो समयसम्म लडाइँ लड्न सकेको भनाइ छ ।