नयाँ लोकतन्त्र आएको छ रे !!

प्रकाशित मिति:

जनताको नजरमा परेकाहरु
प्रधानमन्त्रीको रोजाइमा नपर्ने
लोकतन्त्रको परिभाषा बद्लिएको छ रे ।

बिरोध भए संसद र पार्टीको संरचना विघटन गर्ने
महाराज बन्ने धुनमा मन्त्रीपरिषद पुनर्गठन गरिरहने
नयाँ लोकतन्त्र आएको छ रे ।

संविधान च्यात्ने र जलाउने
संसदको गला रेट्ने र प्रहरीको ज्यानमा आगो लगाउने
लोकतन्त्र र मानवताका मसिहा भएका छन् रे ।

जनमतलाई खरानी बनाउने
बोर्डरमा तगारो लगाउने
खाट्टी देशभक्त भएका छन् रे ।

अध्यादेशबाट देश चलाउन खोज्ने
हत्यारा छुटाउन पार्टी फोड्ने
चुरे र नागरिकता लिलाम गर्न सत्ता साझेदार भएका छन् रे ।

महामारीमा भ्रष्टाचार र बेसहारा बनाउन पल्केका
राष्ट्रवादी महतो र ओलि बा बलियो गठबन्धन बनाएरै
विधी, विधान र राष्ट्रियताको रक्षार्थ भोट माग्न आउँदैछन् रे ।

साम दाम दण्ड भेद जसरी पनि निर्वाचन जित्ने
लेखे, बोले कसैले बिरोध गरिहाले जेल हाल्ने
नीति भएको नयाँ लोकतन्त्र आएको छ रे ।

प्रजापाल गिरी