खुमा फाउन्डेसन द्धारा स्वास्थ्य सामाग्री प्रदान

प्रकाशित मिति:

गोपीकृष्ण रेग्मी, गल्याङ् । स्याङ्जाको वालिङ नगरपालिका वडा न २ मा रहेको धनुबासे स्वास्थ चौकीमा खुमा अर्याल फाउन्डेसन द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सामाग्री हस्तान्तरण गर्दै खुमा अर्याल फाउन्डेसनका संरक्षक भेषराज अर्यालले स्याङ्जा जिल्लाभरका स्वास्थ चौकी, क्लब आमा समूह कारागार लगायत विभिन्न संघसस्थामा सहयोग गर्दै आएको बताए । वालिङ नगरपालिकाको यस २ न। वडामा सक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकोले सहयोग गरेको अर्यालले बताए ।

स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने गरि गरिएको सहयोग प्रती वडाबासिको तर्फबाट वडा अध्यक्ष पोतप्रसाद लम्सालले फाउण्डेसन प्रति धन्यवाद व्यक्त गरे । फाउन्डेसनको सहयोगमा १ हजार पिस माक्स, १० लिटर सेनिटाइजर, ७ थान पिस पिपिइ, २ थान अक्सोमिटर, पञ्जा लगायतका सामाग्री वितरण गरिएको नेपाली काग्रेस क्षेत्र नं। २ का क्षेत्रीय सचिव दामोदर लम्सालले जानकारी दिए । कार्यक्रममा खिलङ्कलिका एग्रो फर्मका प्रबन्धक शोभाकान्त ढकाल, वालिङ जेसिजका वर्ष २०२१ अध्यक्ष विश्वास लम्साल गल्याङ जेसिज वर्ष २०२१ का अध्यक्ष गोपीकृष्ण रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

थप समाचार