‘कृष्ण अब तिमी आउ…’ बजारमा

प्रकाशित मिति:

बुटवल । गायक कृष्ण काफ्लेको स्वर ‘कृष्ण अब तिमी आउ’ एल्बमको गीत बजारमा आएको छ । गीतकार सुदन डोटेलले अहिलेको महामारी लक्षित गर्दै उक्त गीत ल्याएका छन् । यो गीतलाई सरोज प्याकुरेलले संगीतबद्ध गरेका छन्।

‘कृष्ण अब तिमी आउ’ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ। गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका छन् । पुकार गीतको भिडियोमा कुवेर केसीको अभिनय छ।

सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका हुन्।