काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान नेपाल निवास कोटेश्वरमा नेपाल र प्रचण्डबीच भेटवार्ता भएको हो ।
भेटमा विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन, एमाले अध्यक्ष केपी ओलीको गतिविधिबारे छलफल भएको बताइएको छ ।