जोर्डनविरुद्ध नेपाली टिम : अभिषेक, विकास र दिनेश सुरुवाती ११ मा

प्रकाशित मिति:

बुटवल :  विश्वकप छनोट अन्तर्गतको नेपाली टोलीले आज जोर्डनविरुद्ध खेल्दैछ। बेलुकी पौने १० बजे हुने खेलका लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको छ।

नेपालको यसअघिको इराक र चाइनिज ताइपेइसँगको भन्दा प्लेइङसेट फरक छ। ताइपेइसँगको खेलमा पहिलो सेटमा नपरेका अभिषेक रिजाल, विकाश खवास र दिनेश राजबंशी पहिलो रोजाइमा परेका छन्। त्यस्तै ताइपेइविरुद्ध खेलेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ सुरुवाती ११ मा छैनन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ४-३-३ को रणनीतिमा खेलाडी मैदान उतारेका छन्।फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा जोर्डनले नेपालमाथि ३-० को गोलअन्तरले जित निकालेको थियो।