आजबाट देशभर कोरोनाविरुद्ध भेरोसिल खोप लगाइँदै

प्रकाशित मिति:

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप भेरोसिल आजबाट देशभर विभिन्न उमेर समूहलाई लगाउन सुरु गरिँदै छ । चीनले हालै अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि सरकारले मंगलबारबाट खोप अभियान सञ्चालन गर्न लागेको हो ।

उक्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो।  हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइनेछ । हिमाली क्षेत्रमा पटक–पटक खोप पु-याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाउने तयारी भएको हो  । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।