‘आफू माओवादी केन्द्रमा फर्किन लागेको भन्ने समाचार झुठो’ : रायमाझी

प्रकाशित मिति:

बुटवल । नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्किन लागेको भन्ने विभिन्न सञ्चार माध्यममा आएको समाचार झुठो तथा भ्रमपूर्ण रहेको बताएका छन् । सोमबार एक प्रेश विज्ञप्ती निकाल्दै रायमाझीले माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

पूर्व उर्जामन्त्री समेत रहेका रायमाझीले प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण प्रचण्ड राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको बताए ।

हेर्नुहोस् विज्ञप्ती :

मिति : २०७८/०२/२४

पछिल्लो समय केहि सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ ।

सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगोरचौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरुरजनसमुदायमा हार्दिक अनुरोध/अपिल छ ।

क.टोप बहादुर रायमाझी
नेकपा एमाले स्थायी कमिटी  सदस्य