स्याङ्जाको भीरकोटमा मिनी अक्सिजन प्लान्ट निर्माण

प्रकाशित मिति:

स्याङ्जा । राष्टिञष्य आविष्कार केन्द्र नेपाल र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा मिनी अक्सिजन प्लान्ट निमार्ण गरिएको छ । कोरोना संक्रमणको महामारीमा संक्रमितलाई अक्सिजनको आवश्यकतालाई मध्यनजर गरेर आविष्कार केन्द्र र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा मिनी अक्सिजन प्लान्ट निमार्ण गरिएको हो । अक्सिजनको अभावमा संक्रमितहरुको मृत्युवरण गरेको खबरहरु बाहिर आएका बेला भीरकोटमा निर्माण भएको अक्सिजन प्लान्टले अब स्याङ्जावासीलाई सहज हुने बताइएको छ । सोमबार एक कार्यक्रमका बिच आविष्कारको टोलीले नगर प्रमुख छायाराम खनाललाई उक्त प्लान्ट हस्तान्तरण गरेको छ । एक पटक १२ जनालाई अक्सिजन दिन मिल्ने गरी निर्माण गरिएको प्लान्ट करिव २० लाखको लागतमा सम्पन्न भएको नगरप्रमुख खनालले बताए ।

नेपालमै पहिलो पटक परिक्षणका रुपमा आविष्कार केन्द्रले निमार्ण गरेको यो प्लान्ट सफल भएको बताएको छ । राष्टिञष्य आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले काठमाण्डौमा यसको अनुसन्धान गरेको प्लानलाई भीरकोट नगर अस्पतालमा परिक्षण गर्दा सफलता हासिल गरेको बताए । अब नेपालले अक्सिजन उत्पादनमा कुनै समस्या झेल्न नपर्ने बताउदै इन्जिनियर देवले देशका जुनसुकै भागमा यो प्लान्ट निमार्ण गर्न सकिने बताए । लागतको रुप भने फरक फरक हुने भन्दै इन्जिनियर देवले अहिले सम्म गरेको अनुसन्धानले २५ देखि ३० जना सम्मलाई यो प्लान्टले एकै पटक अक्सिजन दिन सकिनेगरी बनाउन मिल्ने बताए ।

अहिले भीरकोटमा एक मिनटमा १२ जनालाई ५, ५ लिटरका दरले अक्सिजन दिन मिल्ने उनको भनाई छ । यसका लागि ७ वटा अक्सिजन जेनेरेटर जडान गरिएको छ । १० लिटर अक्सिजन उत्पादन गर्ने ६ ओटा र ५ लिटर अक्सिजन उत्पादन गर्ने १ गरी ७ ओटा अक्सिजन जेनेरेटरले एक मिनटमा ६५ लिटर अक्सिजन उत्पादन हुने उनले जानकारी दिए । अविष्कारका १० जना टोलीले दुईदिनमै यो प्लान्ट बनाउन सफल भएका छन् । अहिले निर्माण भएको मिनी अक्सिजन प्लान्ट विद्युत अवरुद्ध भएपनि दुईघण्टा सम्म काम गर्ने क्षमताको रहेको छ । भीरकोट नगर अस्पतालमा यो प्लान्ट बनेपछि अब जिल्लाका सबै नागरिकलाई अक्सिजनको साहयता लिएर बाँच्न सहयोग पुग्ने बताइएको छ ।

भीरकोट नगर प्रमुख खनालले कोरोना संक्रमणबाट निसास्सीएको स्याङ्जालाई राष्टिञष्य आविष्कार केन्द्रका प्रमुख महाविर पुनको पहलमा निमार्ण भएको अक्सिजन प्लान्टले जिल्लावासीको ज्यान बचाउन गरेको सहयोग प्रति आभार व्यक्त गरे । जुनसुकै पालिकाका नागरिकले सेवा लिन पाउने बताउदै नगर प्रमुख खनालले यो प्लान्ट सफल भएमा ९८ शैया रहेको अस्पतालमा सबै शैयामा पुग्ने गरी प्लान्ट बढाउन सकिने बताए । जिल्लामा अक्सिजनको आवश्यकता परेका बिरामी पोखरा रिफर गर्दै आएको थियो । अब जिल्लामै अक्सिजन सहितको अस्पताल भएपछि पोखरा र पाल्पा जान नपर्ने भएको खबरले स्थानीयमा उत्साह थपिएको छ । गण्डकी प्रदेश नेपाली काँग्रेसका संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले स्थानीय सरकारको पहलमा बनेको यो प्लान्टको स्वागत गरेका छन् । यो महामारीमा राजनीति भन्दा माथी उठेर सेवाभाव गर्नुपर्ने बताउदै प्रदेश सांसद श्रेष्ठले संघिय सरकार र प्रदेश सरकारले यो प्लान्टका लागि आर्थिक सहयोग गर्न आग्रह गरे ।
हस्तान्तरण कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, अर्जुनचौपारी गाँउपालिका प्रमुख दिर्घनारायण अर्याल, अस्पताल संचालक समितिका अध्यक्ष तोयनाथ अर्याल, भीरकोट नगरका प्रवक्ता दिपेन्द्र क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, भीरकोट नगरपालिकाका योजना शाखा प्रमुख यामप्रसाद रेग्मी लगायतका बक्ताहरुले यो महामारीमा भीरकोट नगरपालिकाले मिनी अक्सिजन प्लान्ट निर्माण गरेकोमा धन्यवाद दिएका थिए ।
स्याङ्जामा चौथोेपटक निषेधाज्ञा थप, जेठ ३१ गते सम्म जारी रहने

यस्तै – कोरोना संक्रमणको दर ग्रामिण क्षेत्रका बस्तीमा बढ्दो रुपमा देखिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक साताका लागि निषेधाज्ञा थपेको छ । संक्रमण न्युनिकरणको एक मात्र उपाय भनेको निषेधाज्ञा नै सवल पक्ष रहेको भन्दै प्रशासनले जेठ ३१ गते सम्मका लागि बढाएको हो । बैशाख २१ गतेदेखि शुरु गरेको निषेधाज्ञा जेठ ३१ गते सम्म लम्वाएको छ । प्रशासनले थपेको निषेधाज्ञा यो चौथो पटक हो । जेठ २५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ ३१ गते सम्म प¥याइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
निषेधाज्ञामा कुनै नयाँ निर्देशन नआएपनि सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ । थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने दावी प्रशासनले गरेको छ । औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले हस्ताक्षर गरेको जारी आदेशमा उल्लेख गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ । कोरोनाको दोस्रो लहर चलेसँगै जिल्लामा हालसम्म ९३ ज्यान गुमाएका छन भने दुई हजार छ सय ६३ जना संक्रमित मध्ये एक हजार दुई सय ९३ सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म १ हजार २ सय ६० कोरोना जितेर निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार होम आइसोलेनमा १ हजार १ सय ९० जना, आइसोलेसन सेन्टरमा ३७ जना र विभिन्न स्वास्थ्य संस्थामा ६६ जनाको उपचार भइरहेको जनाएको छ । सक्रिय संक्रमित र निको हने संक्रमित बराबरीको हाराहारीमा आएकाले अब केही हदसम्म संक्रमण न्युनिकरण हुनेमा विश्वास व्यक्त गरिएको छ ।