लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने तयारी गरिएको हो ।

सोमबार मन्त्रीपरिषदको बैठक बसेको थियो । बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो । सरकारको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गरेको मन्त्री चौधरीले बताए ।