सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई कांग्रेसले सहयोग गर्ने

प्रकाशित मिति:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारका मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपूर्व बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

विश्वासको मत पुग्ने अवस्थामा तटस्थ बस्ने र नपुग्ने अवस्थामा मुख्यमन्त्रीलाई सहयोग गर्ने नीति लिएको हो । यस्तै, नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।