नेपाली बजारमा आज सुनको मूल्य बढ्यो, तोलाको कति ?

प्रकाशित मिति:

बुटवल । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ३ सयले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ६ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।