युवा नेता पोखरेलले दिए समाधान सहित अधिबेशन गर्न सकिने ठोस बिकल्प

प्रकाशित मिति:

विष्णु पोखरेल । नेपाली काङ्ग्रेसको अधिबेशन वर्तमान अवस्थामा कसरी गर्न सकिन्छ भन्ने विषयमा मेरो व्यक्तीगत विचार तपाईहरुको विचमा राख्ने प्रयास गरेको छु । बुदागत रुपमा भन्नु पर्दा मुख्य कुरा वर्तमान नेतृत्वको इक्षा शक्ति नै हो , मेरो विचार लाई अध्ययन गरेर मनमा लागेको प्रतिकृया दिनु होला भन्ने अपेक्षा पनी लिएको छु । वार्ड अधिबेशन१०० जना भन्दा कम कृयशिल भएको वार्डमा एउटै स्थलमा गर्ने र सो भन्दा बढि कृयाशिल भएको वार्डमा प्रती १०० थप एक मतदान स्थल बनाउने

त्यस्तै नगरपालिका र गाउपालीकाको अधिबेशन -स्थानीय तहको अधिबेशन एकै स्थानमा गर्न वर्तमान परिस्थितिमा असहज हुने हुदा उम्मेद्बारी दर्ता लगायतका प्रक्रिया अग्रिम गराइ वार्ड अधिबेशनकै दिन तत तत मतदान स्थलमा पालिकातहको अलग मतपत्र र पेटिका बनाइ सहजै गर्न सकिन्छ त्यस्तै प्रदेशसभाको क्षेत्रीय अधिबेशन क्षेत्रीय प्रतिनिधि बाट प्रतिनिधि मुलुक हुनेहुदा अत्यधिक प्रतिनिधि भयेपनी एक क्षेत्रभित्र प्राय ३०० वा ३५० भन्दा बढी प्रतिनिधि हुदैनन त्यस कारण अग्रिम पिसीआर गराइ सामाजिक दुरि कायम गरि ठूलो चौर र कुनै एक भवन भएका प्रसस्त स्थान हरु हामी सग प्राय सबै स्थान हरुमा रहेका छन् अथवा पहाडी क्षेत्रमा पनि जस्तै बिधालय हरुको चौर लाई प्रयोग गरी सहज रूपमा सम्पन्न गर्न सकिन्छ

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिबेशन -,यो अधिबेशनले क्षेत्रीय पदाधिकारी ,सदस्य र संघीय महाधिवेशन चयन गर्ने हो त्यसैले प्रदेश सभा क्षेत्रीय अधिबेशन गराएकै केन्द्रमा अलग दिन पारेर वा प्रदेश सभा क्षेत्रीय अधिबेशनकै दिन एकै दिन पारेर वार्ड अधिबेशनमा पालिका तहको भोटिङ गरेजस्तो दुबै बिधीबाट सहजै सम्पन्न गर्न सकिन्छ उम्मेद्बारी मनोनयन अग्रिम रुपमा गर्ने र प्रबिधिको माध्यम बाट शुचना प्रभाह गर्ने , जिल्ला अधिबेसन प्रत्यक प्रदेश सभा क्षेत्र भित्रका प्रतिनिधि हरुको एक स्थानमा सजिलै मतदान गराइ सबैको परिणाम एक कठ्ठा गरि सजिलै गर्न सकिन्छ त्यस्तै प्रान्तीय अधिबेशनका मतदाता संघीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधि हुन त्यसकारण एक प्रदेश क्षेत्र बाट जम्मा १७,एक प्रतिनिधिसभा क्षेत्रमा २ प्रदेश क्षेत्र १७+१७=३४ प्रतिनिधि सभा क्षेत्रका संघीय प्रतिनिधि २५ यानकी प्रत्यक प्रतिनिधि सभा क्षेत्र बाट जम्मा मतदाता २५+३४=५५   यसरी गर्दा मानौं लुम्बिनी प्रदेशको सबैभन्दा धेरै प्रतिनिधि रुपन्देही हुन्छ ५ क्षेत्र ५×५५=२७५  यो संख्या प्रतिनिधिमुलक भएकोले प्रत्यक जिल्ला जिल्लामा गर्न सकिन्छ र पत्रकार महासंघ को निर्वाचन जस्तै center collection गरि एकै दिन वा अर्को दिन सबै परिणाम सार्बजनिक गर्न सकिन्छ ।

त्यस्तै केन्द्रिय अधिबेशन – यो अधिबेशन गर्न बिधान संसोधित गर्नुपर्ने केहि भए अग्रिम रुपमा वर्तमान परिस्थिति लाई मध्यनजर गरि केन्द्रिय समितिले व्यापक छलफल गरि तत्काल लाई गर्ने र विषम परिस्थितिमा गरिएको महाधिवेशन भएकाले एक बर्ष पछि सहमतिमा महासमिति बैठकको मिति तोक्ने र उक्त महासमिति लाई बिधान सम्बन्धि सबै अधिकार प्रत्यायोजन गर्ने र केन्द्रिय नेतृत्वको लागी हाललाई प्रत्यक जिल्ला जिल्ला मा मतदान गरि सहजै चयन गर्न सकिन्छ । पार्टी लाई समयमै अधिबेशन गराइ असान्दर्भिक हुनबाट जोगाउन सबैले पहल गरौं नेतृत्वलाई दबाब र सुझाव दिऔ सबै एक भएर वर्तमान केपी ओलिको प्रबृत्ति को विरुद्ध अधिबेशन बाट तागत लिए। एउटा मजबुद लडाइँ लडौ यदि यो उपयुक्त लाग्छ साथीहरू लाई भने प्रतिकृया दिनु हालो वा अन्य प्रक्रिया भएपनी सवैका विच खुला छलफल चलाऔ बलियो काङ्ग्रेस सबै मिलेर बनाऔं जय नेपाल (लेखक विष्णु पोखरेल नेपाली कांग्रेसका युवा नेता हुन)