शेयर बजार :- दोहोरो अङ्कले घट्यो !

१३ मंसिर २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
10 Shares


काठमाडौँ, १३ मङ्सिर  । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ । आज कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । कारोवार वृद्धि भएकामा वित्त शून्य दशमलव १३ र उत्पादन एक दशमलव शून्य दुई बिन्दुले बढेको छ ।

बैंकिङ ९ दशमलव ३८, व्यापार ३ दशमलव ४६, होटल ९ दशमलव ५७, विकास बैंक ११ दशमलव २७, जलविद्युत् २ दशमलव ७१, निर्जीवन बीमा १०५ दशमलव १७, अन्य २ दशमलव ३१, माइक्रोफाइनान्स २४ दशमलव २३, जीवन बीमा ४७ दशमलव ७६ बिन्दुले घटेको छ ।

(रासस) 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • के छ विष्णु पुराण अध्यायमा
  • पुरुषको जीवमा यी लक्षण भएका स्त्रीसंग विवाह गर्दा भाग्य चम्कने
  • व्रत बस्नुका के के छन् फाइदा
  • आफै कार्यसूचीबाट प्रस्ताव हटाएर कांग्रेसलाई आरोपीत गर्ने विषय गम्भीर छ…
  • कांग्रेस नेता भण्डारीद्वारा कुवेतमा रहेकी सुत्केरी महिलालाई ५० हजार आर्थिक…
  • भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको पाकीस्तानका प्रमको दाबी
  • नेपाल मेडिकल कलेजका २ डाक्टर माथी कुटपीट
  • कांग्रेस प्रवक्ताले भने – प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा…
  • कोरोना भाईरसवाट निको भएर घर फर्कीए १८३ नेपाली
  • एनआरएनए अमेरिकाको नवौँ साधारण सभा डिजिटल अनलाईन हुने ।