
चिट्ठाबाट अमेरिका आएका नेपाली मूलका भरतराज ओलीको नर्थ क्यारोलाइनामा मस्तिष्क श्राव हुँदा निधन
विविधता चिट्ठाबाट अमेरिका आएका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्राव हुँदा दुखद निधन भएको छ । उत्तर क्यारोलाइनाका चर्चित सामुदायिक सँस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको पहलमा उनका अनेक विविध खर्च जुटाउन गो फण्ड संचालनमा ल्याई सकेको छ ।गत जुन ४ का दिन मस्तिकघात भए पछि उनलाई ड्युक बिश्वबिद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षिय ओलीलाई बचाउन शल्य क्रिया गरेता पनि उपचारकै क्रममा उनको गत जुन ६ आइतबारका दिन निधन भएको हो ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले जनाए अनुसार स्व ओलीको लागि संचालित गो फण्डमा समेतमा उनको बारेमा संक्षिप्त जानकारी दिएको छ । उक्त गो फण्ड मी मा जानकारी गराईए अनुसार उनि सब २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा ९इडिभी भिसा० मार्फत अमेरिका आएका थिए ।उनि दाङ्गका हुन् भने हाल नेपालमा उनको आमा, पत्नी २ वर्षका छोरा र दुई दिदि बहिनी रहेका छन् । नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अनुसार ओली गाह्र परिवारमा आय आर्जन गर्ने एक मात्र सदस्य थिए ।संस्थाले मृतक ओलीको दाह संस्कार तथा नेपालमा रहेका परिवारका लागी सहयोग गर्न सेन्टरले गोफन्ड मि आह्वान गरेको छ । गो फन्डको लक्ष्य २५ हजार डलर राखिएको छ भने खाता संचालनमा आएको १७ घण्टामा १९ हजार डलर संकलन भै सकेको छ ।
सहयोग गर्न यहाँ थिच्नु होला
https://www.gofundme.com/f/funeral-expense-and-immediate-support?