नेविसघ महामन्त्री पाण्डेय द्धारा कालीगण्डकीमा स्वाथ्य समाग्री प्रदान

प्रकाशित मिति:

स्याङ्जा । नेपाल विद्यार्थि संघका महामन्त्री युवराज पाण्डेयले कालीगण्डकी गाउपालीकाको बिर्घा स्वास्थ्य चौकी मा वडा अध्यक्ष चक्रपाणी पाण्डेय, चौकी प्रमुख एक बहादुर थापालाई बिभिन्न कोभिड उपयोगी सामग्री र ओषधीहरु हस्तान्तरण गर्नु भएको छ ।

उक्त कार्यक्रममा नेपाल तरुण दल कालीगण्डकीका अध्यक्ष यादव पाण्डेय सुन्दर , हेलो विर्घा टिमका अभियन्ता अनन्त पाण्डे, तरुण नेता कृष्ण पाण्डे लगायतको उपस्थिति थियो । कोभिड-१९ बिरुध्दको लडाइँमा नेवि संघको साथ अभियान अन्तर्गत बिर्घा स्वास्थ्य चौकी, कालीगण्डकी, स्याङ्जालाई नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो यस भन्दा अगी पनी नेविसंघले जिल्लाको बिभिन्न ठाउमा स्वाथ्य सामाग्री हस्तान्तरण गर्दे आएको छ ।