लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत भईरहँदा विपक्षी दलका कुर्सी रित्तै !

प्रकाशित मिति:

-विक्रम खड्का

बुटवल । लुम्बिनी प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ यावदले मगंलबार दिउँसो प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्‍तुत गरिरहेका थिए । तर, विपक्षी दलका सांसदहरु बस्ने कुर्सी प्रायः रित्तै देखिन्थे ।

विपक्षी दलका सांसदहरु व्यस्त भएर भने होईन् । विपक्षी सांसदहरू प्रदेश प्रमुख यादवले प्रदेश सभामा सरकारको नीति कार्यक्रम प्रस्तुत गरिरहँदा विपक्षी सांसदहरू अनुपस्थित भएर विरोध जनाएका थिए । प्रदेश सभामा उपस्थित भएर पनि सभा हलमा प्रवेश गरेनन् ।

वैशाख १९ गते प्रदेश प्रमुखले अल्पमतमा रहेका शंकर पोख्रेललाई पुन मुख्यमन्त्री बनाएर असंवैधानिक काम गरेको भन्दै विपक्षी विरोधमा उत्रीएका हुन् । उनीहरूले १/१ जना प्रतिनिधि मात्र सहभागी गराएका छन् ।

थप समाचार