बुटवल जेसीजको राहत वितरण कार्यक्रम सुरु

प्रकाशित मिति:

रुपन्देही । बुटवल जेसीजले कोरोना संक्रमित तथा प्रभावितहरुको लागि राहत वितरण कार्यक्रम सुरु गरेको छ । दिगो विकास लक्ष्य कार्यक्रमको शुन्य भोक अन्र्तगत कोरोना महामारिबाट प्रत्यक्ष असर परेका क्षेत्रहरुमा पौष्टिक आहार तथा खद्यान्न वितरण गर्न लागिएको बुटवल जेसीजका अध्यक्ष गोपाल प्रसाद चापागाईले जानकारी दिए ।

अध्यक्ष चापागाईका अनुसार बुटवल उपमहानगरका विभिन्न क्षेत्रहरुमा पहिलो चरणमा पौष्टिक आहार वितरण गरिने र दोस्रो चरणमा खाद्यान्न वितरण गरिने छ महासचीव विनोद घिमीरेले सबलपोष्टलाई जानकारी दीनु भएको छ । राहत वितरणको पहिलो दिन मंगलबार साँझ ६ बजेपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल धागो कारखानामा अवस्थित कोरोना विशेष अस्पताल र एन्फा एकेडेमीमा उपचारमा संलग्न स्वास्थ्यकर्मी, कोरोना संक्रमित र विरामी कुरुवाहरुलाई पौष्टिक आहार वितरण गरिने राहत वितरणको लागि कार्यक्रम संयोजक तथा बुटवल जेसीजका कानुनी सल्लाहकार हरिविक्रम कुँवरले जानकारी दिए ।