गल्याङ नगरपालिकालाई साढे ७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

गल्याङ । राइट फर चिल्डे«नले गल्याङ नगरपालिकालाई साढे ७ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको छ । पोखरामा रहेको यो संस्थाले कोभिड संकट व्यवस्थापनका लागि भन्दै स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।गल्याङ नगर अस्पतालमा संस्थाका कार्यक्रम अधिकृत तथा नगरपालिका वडा नं २ चिर्तुङ्ग निवासी विनोद न्यौपानेले नगरपालिकाका प्रमुख भुपराज अधिकारीलाई ४ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । यस्तै, न्यौपानेले मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा वडा नम्बर १ का अध्यक्ष गणेश बस्याल तथा अस्पताल प्रमुख डाक्टर सन्जना भण्डारीलाई साढे तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
नगर अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन, अक्सिजन फ्लोमिटर, पञ्जा, मास्क, थर्मोमिटर, थर्मल गन सहितका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

सामाग्रीहरु ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख तथा गल्याङ नगर अस्पतालका अध्यक्ष भुपराज अधिकारीले संस्थाबाट भएको सहयोगले गल्याङ नगरवासीका लागि महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।उहाँले अस्पतालमा अहिले विपन्न परिवारका लागि निशुल्क उपचारको व्यवस्था भैरहेको भन्दै कोही पनि नागरिकलाई उपचार नपाउने अवस्थाको अन्त्य भएको बताउनुभयो ।नगरप्रमुख अधिकारीले भन्नुभयो –‘विपन्न परिवार विरामी भएमा घरमै गएर अस्पताल सम्म ल्याइ निशुल्क उपचार गर्ने निर्णय कार्यपालिकाबाट नै भएको छ ।’ उहाँले नगरवासी कहीं विरामी अवस्थामा रहे खबर गरेर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।अहिले सक्नेले नसक्नेलाई सहयोग गर्ने समय भएको भन्दै उहाँले अस्पतालले खरिद गर्नुपर्ने औषधीहरु सक्ने व्यक्तिले खरिद गरि उपचार गर्दा त्यसको आलोचना हुन नहुनेमा जोड दिनुभयो ।

नगर अस्पतालमा बेड तथा अक्सिजन सबैका लागि निशुल्क रहेको दोहो¥याउँदै उहाँले सबै मिलेर विपदको सामना गर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले आलोचना मात्रै भन्दा पनि सकारात्मक सुझाब दिएर नगरवासीको स्वास्थ्य बलियो बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत तथा यसै नगरपालिका वडा नं २ चिर्तुङ्ग निवासी विनोद न्यौपानेले महामारीको बेला आफ्नो सानो सहयोगले पनि केही राहत मिल्ने आशा सहित संस्थाले सहयोग गरेको जानकारी दिनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ३ का अध्यक्ष महेश भट्टराई, अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपाने लगायतको सहभागिता रहेको थियो । मालुङ्गामा गरिएको कार्यक्रममा वडाध्यक्ष तथा नगर प्रबक्ता गणेश बस्यालले संस्थाको सहयोगले विरामीको उपचारका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

त्यस्तै। स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ जोगिमारामा मंगलबार ४२ जनामा गरिएको एण्टिजिन परीक्षणको क्रममा १६ जनामा पोजिटिभ नतिजा देखिएको छ ।कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि गल्याङ नगरपालिकाले गाउँ गाउँ तथा टोल टोलमा पुगेर परिक्षण गर्ने क्रममा गल्याङको विकट मानिएको ५ नम्बर वडाको जोगिमारामा पुगेर परिक्षण गरेको थियो ।सो क्रममा १६ जनामा नतिजा पोजिटिभ देखिएको गल्याङ नगरपालिका स्वास्थ्य संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो ।पोजिटिभ देखिएका सबै जसोको स्वास्थ्य अवस्था भने गम्भिर नरहेको उहाँले बताउनुभयो ।

परिक्षणका लागि स्वास्थ्य शाखा सँगै गल्याङ नगर अस्पतालबाट चिकित्सकको टोली जोगिमारा पुगेको थियो ।नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले आवश्यकताका आधारमा विभिन्न वडामा पुगेर परिक्षण गर्ने क्रमलाई निरन्तरता दिएको भन्दै अझै पनि परिक्षणको क्रम बढाउने बताउनुभयो ।कोरोना भाइरसको लक्षण सँग मिल्दोजुल्दो लक्षण देखिएका स्थानमा पुगेर परिक्षण गर्ने उहाँको भनाई छ ।प्रमुख प्रशासकीय अधिकृत शर्माले परिक्षणको आवश्यकता देखिएमा सम्बन्धित वडा अध्यक्ष, स्वास्थ्य शाखा वा नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।